उडिरहेको विमानमा लुगा फुकाल्दै महिलाले भनिन्- विमानमा बम छ, अब विष्फोट हुन्छ, यात्रुहरू आतंकित

डिसी नेपाल
२ भदौ २०७९ १२:३७
152
Shares

काठमाडौं । उडानको क्रममा एक महिलाले आफ्नो लुगा फुकालिन् । त्यसपछि उनी चिच्याइन् र फ्लाइटको ककपिटतर्फ दौडिइन् । ती महिलाले दुई पटक ककपिट भित्र पस्ने प्रयास गरेपनि एक पुरुषले रोकेका थिए ।

यो उडान साइप्रसबाट म्यानचेस्टर जाँदै थियो। ३५ वर्षीय फिलिप ओब्रायनले महिलालाई ककपिटमा प्रवेश गर्नबाट रोकेका थिए । त्यसपछि उनले जेट २ एयरलाइन्सको फ्लाइटमा महिलालाई नियन्त्रणमा लिन चालक दलका सदस्यहरूलाई मद्दत गरे।

एउटी ३० वर्षीया महिलाले विमानमा विस्फोटक पदार्थ रहेको आरोप लगाएकी थिइन् र बच्चाहरूलाई ‘मरन तयार हुन’ भनेकी थिइन्। ती महिलाले आफ्ना आमाबाबु आतंकवादी संगठन आईएसआईएसका सदस्य भएको पनि बताइन् । यसपछि पाइलटले उडान डाइभर्ट गरेर पेरिसमा ल्यान्ड गरेका थिए । त्यसपछि महिलालाई सुरक्षा अधिकारीकहाँ लगियो ।

फिलिप ओ’ब्रायन एक ड्रेनेज फर्मका मालिक हुन्। उनी किशोर उमेरमा सेक्युरिटीको काम गर्थे । उक्त उडानमा उनी परिवारका ६ सदस्यसहित सवार थिए । जसमा उनकी श्रीमती र ८ देखि १४ वर्षका तीन सन्तान रहेका छन् ।

ओ’ब्रायनले भने – सबै सामान्य थियो। त्यसपछि टेकअफको केही समयपछि एक महिला नग्न अवस्थमा सिटहरू बीचको ठाउँबाट अगाडि आएर ‘अल्लाहु अकबर’ भन्दै ककपिटको ढोकामा ठोक्न थालिन् ।

व्यक्तिले थप भने- सबैजना आफैंमा चिच्याइरहेका थिए। मैले कर्मचारीसँग कुरा गरेँ र यस महिलालाई किन नरोक्ने भनेर भनें। जवाफमा उनीहरुले आफूहरू सक्षम नभएको बताए । त्यसपछि मैले फेरि त्यही गर्छु भनेँ । मैले उनलाई नियन्त्रणमा राखें। त्यतिन्जेल पाइलटले पेरिसमा आपतकालीन अवतरणका लागि पहल गरिसकेका थिए।

ओ’ब्रायनले भने कि उनले महिलालाई सोधे कि उनले यो किन गरिरहेकी छिन्। जवाफमा ती महिलाले आफूले त्यसो नगरेको भए विमानमा विष्फोट हुने र सबैको ज्यान जाने बताइन् ।

यो घटना अगस्ट ९ को हो । यस विषयमा जेट २ ले साइप्रसबाट म्यानचेस्टरको उडानलाई पेरिसमा अवतरण गर्न डाइभर्ट गरिएको जनाएको छ, जसले गर्दा अवरोध गर्ने यात्रुलाई अफलोड गर्न सकियोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *