ताइवानले गर्यो अत्याधुनिक लडाकु जेट प्रदर्शन
ताइपेइ। ताइवानले बुधवार आफ्नो सबैभन्दा उन्नत लडाकु जेट प्रदर्शन गरेको छ। चीनले ताइपेइको आकाशमा सैन्य अभ्यास गरिरहेका बेला ताइवानले मिसाइलयुक्त एफ–१६ भी प्रदर्शन गरेको हो।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि बेइजिङले यस महिना ताइवान स्ट्रेटमा हवाई र समुद्री अभ्यास गरेको थियो।
ताइपेईले चीनको आक्रमणको प्रतिरक्षा गर्न आफ्नै अभ्यास गरेको छ। बुधबार वायुसेनाका कर्मचारीहरूले पूर्वी हुवालिन काउन्टीको एयरबेसमा ‘लडाइँको तयारी’ अभ्यासमा अमेरिकामा निर्मित एन्टी–सिप मिसाइलको साथ एफ–१६ भी लडाकु विमान प्रदर्शन गरेका छन्।
‘चिनियाँ कम्युनिष्ट सेनाको हालैको सैन्य अभ्यासको खतराको सामना गर्दै हामी राष्ट्रिय सुरक्षा सुनिश्चित र जुनसुकै बेला तालिमको अवधारणा स्थापित गर्दै सतर्क रह्यौं,’ ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment