ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत
ओखलढुंगा। ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ।
दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्का गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment