अनुमतिबिना प्रवेश गर्यो रहस्यमय विमान, मच्चियो हंगामा ! लडाकु जेट र हेलिकप्टर परिचालन
काठमाडौं । कोलम्बियाको विमान अचानक मेक्सिकोको सीमामा प्रवेश गरेको थियो । मेक्सिकोको ‘एभिएशन सर्वेलेन्स सिस्टम’ ले विमानले अवैध प्रवेश गरेको सूचना पायो । यसपछि मेक्सिकोले कोलम्बियाको विमानलाई पछ्याउन दुई सैन्य जेट र तीन हेलिकप्टर पठाएको थियो।
त्यसपछि अवैध रूपमा प्रवेश गरेको विमानलाई अवतरण गर्न बाध्य पारिएको थियो । कोलम्बियाको यो विमानमा ४६० किलोभन्दा बढी कोकिन थियो। कोकिन जफत गरिएको छ ।
डेली मेलको रिपोर्टका अनुसार कोलम्बियाको विमानको अवतरण दक्षिणपूर्वमा रहेको मेक्सिकोको क्याम्पेचे राज्यमा भएको थियो। क्याम्पेचे गभर्नर लेसा सानसोरेसले भने कि विमान कोलम्बियाबाट आएको थियो, जुन मेक्सिकोको हवाई निगरानी प्रणालीको राडार अन्तर्गत परेको थियो।
कोलम्बियाको विमान अवतरण हुनेबित्तिकै सुरक्षा बल चालक दलका सदस्यहरूलाई पक्राउ गर्न गयो। तर त्यसअघि नै उनीहरु भागेर जङ्गलमा पसे ।
यो संदिग्ध विमानको चेकजाँच गर्दा ३८ प्लास्टिक झोला बरामद भएको थियो । यी झोलाहरू भीआइपी लेबल गरिएको थियो। यी झोलाहरूमा ४६० किलोभन्दा बढी कोकिन थियो।
क्याम्पेचे गभर्नर लेसा सानसोरेसले लागूऔषध बरामद भएकोमा खुसी व्यक्त गरे। उनले मेक्सिकोको सेना, मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालय र क्याम्पेचे राज्य महान्यायाधिवक्ताको कार्यालयबीचको समन्वयको पनि प्रशंसा गरे। क्याम्पेचेका गभर्नरले कोलम्बियाबाट आएका यी लागूऔषध आपसी सुचनाका कारण मात्रै समात्न सकिने बताए ।
मेक्सिकोको सेनाले यो महिना कोकिनले सुसज्जित दोस्रो विमान समातेको हो। यसअघि अगष्ट ५ मा १३६ किलो कोकिन बरामद भएको थियो । यो कोकिन दक्षिण अमेरिकी देशबाट विमानमा आउँदै थियो। विमान मेक्सिकोको दक्षिणी राज्य चियापसमा अवतरण गरिएको थियो । यो घटनामा पनि कोही पक्राउ पर्न सकेको छैन ।
६ अगस्टमा सुरक्षा बलहरूले मिचोआकान राज्यबाट एउटा स्पीडबोटबाट १६०० किलोग्राम कोकिन बरामद गरेका थिए। यस घटनामा तीन जना पक्राउ परेका छन् । यस सम्बन्धमा मेक्सिकोको रक्षा मन्त्रालयले कोकिन कोलम्बिया वा इक्वेडरबाट आएको हुन सक्ने आशंका गरेको थियो ।







डिसी नेपाल







Facebook Comment