स्वदेश फर्किदै गोटाबाया राजापाक्षे

डिसी नेपाल
२ भदौ २०७९ १४:५१
572
Shares

कोलम्बो। श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन्। राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेको उनका भतिजा उदयांगा वीरातुंगाले बताएका छन्। अभूतपूर्व आर्थिक संकटपछि व्यापक सरकारविरोधी प्रदर्शनबीच राजापाक्षे देश छोडेर भागेका थिए।

२ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपुथलको सामना गरिरहेको छ। खाद्यान्न, औषधि, इन्धन र अन्य आवश्यक सामग्रीहरू किन्न लाखौँ मानिसले संघर्ष गरिरहेका छन्। गत मार्चमा सुरु भएको विशाल प्रदर्शन राजापाक्षेको राजीनामासँगै टुंगिएको थियो।

सन् २००६ देखि २०१५ सम्म रुसका लागि श्रीलंकाका राजदूत रहेका वीरातुंगाले भने, ‘उनले मसँग फोनमा कुरा गरे, म तपाईलाई भन्न सक्छु कि उनी अर्को हप्ता स्वदेश फर्किनेछन्। ’

७३ वर्षीय गोटाबाय अगस्ट २४ मा फर्कन सक्ने तर, उनलाई पुनः निर्वाचित गर्न नहुने वीरातुंगाले बताए । ‘तर उसले अझै पनि देशको लागि केही सेवा गर्न सक्छ जुन उसले पहिले गरेका थिए’, वीरातुंगाले भने।

राजापाक्षे हाल थाइल्याण्डको राजधानी बैंककको मुटुमा रहेको एउटा होटलमा बसिरहेका छन्। सुरक्षाका कारण प्रहरीले उनलाई कोठाभित्रै बस्न सल्लाह दिएको छ । उनी ११ अगस्टमा सिंगापुरबाट थाइल्यान्ड गएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *