सलमान रुश्दीका आक्रमणकारीले भने – ‘उनी बचे भन्ने कुराले म अचम्ममा परेको छु’

डिसी नेपाल
२ भदौ २०७९ १५:३५
2.6k
Shares

काठमाडौं । न्युयोर्कमा भारतीय मूलका बेलायती-अमेरिकी लेखक सलमान रुस्दीमाथि घातक हमलाको आरोप लागेका व्यक्ति रुश्दी बाँचेको देखेर छक्क परेका छन्। २४ वर्षीय हादी मतारले अगष्ट ११ मा बिहान ११ बजे चौतोक्वा इन्स्टिच्युटमा पुग्दा रुस्दीमाथि १०–१५ पटक छुरी प्रहार गरेका थिए ।

न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा अभियुक्त मतारले भने–ऊ बाँचेको सुनेपछि म छक्क परें । उनी बाँच्छन् भन्ने मलाई लागेको थिएन । म इरानका धार्मिक नेता आयतोल्लाहलाई सम्मान गर्छु। मलाई लाग्छ उहाँ एक महान व्यक्ति हुनुहुन्छ। मैले रुस्दीको उपन्यासका केही पाना पढेको थिएँ । म उनी (रुश्दी) को बारेमा यति मात्र भन्न चाहन्छु कि मलाई त्यो व्यक्ति मन पर्दैन। मलाई लाग्दैन ऊ राम्रो मान्छे हो। उसले इस्लामलाई आक्रमण गर्यो। उनले इस्लाम धर्मावलम्बीहरुको आस्था र विश्वासमाथि आक्रमण गर्यो ।

मतार शिया चरमपन्थी र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सहानुभूति राख्छन् । अनुसन्धान एजेन्सीहरूले यस कोणबाट अनुसन्धान गरिरहेका थिए, तर अभियुक्तले आफू इरानको रिभोलुसनरी गार्डसँग सम्पर्कमा नभएको बताए। उनले कसैको निर्देशनमा यो आक्रमण गरेका होइनन् । रुस्दी चौतोक्वा इन्स्टिच्युटमा हुने कार्यक्रममा सहभागी हुने कुरा ट्विटबाट थाहा पाएको मटरले बताए ।

३३ वर्षअघि रुस्दीलाई मार्ने फतवा जारी गरिएको थियो । यो फतवा उनको पुस्तक ‘द सैटानिक भर्सेस’ को सन्दर्भमा जारी गरिएको हो। इस्लामिक कट्टरपन्थीहरू पुस्तकबाट रिसाए। न्यूयोर्कमा उनीमाथि भएको हमला यसैसँग जोडिएको बताइएको छ । यद्यपी आरोपित मतारले आफुले किन आक्रमण गरेको भन्ने बारेमा भने अझै खुलाएको छैन । रुस्दीलाई एयरलिफ्ट गरी अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था नाजुक रह्यो । तर, शल्यक्रियापछि उनलाई भेन्टिलेटरबाट हटाइयो । उनी अझै अस्पतालमा भर्ना छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *