बरामद गरिएका फाइलको अनुसन्धान रोक्न ट्रम्पले गरे न्यायाधीशलाई अनुरोध

डिसी नेपाल
७ भदौ २०७९ ८:५१
352
Shares

न्युयोर्क। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान व्युरो (एफबीआई)को अनुसन्धानमा आफ्नो घरबाट बरामद गरिएका फाइलबारे कानुन मन्त्रालयले अनुसन्धान रोक्न न्यायाधीशलाई अनुरोध गरेका छन्।

मार–ए–लागोबाट एजेन्टले जफत गरेका कागजातबारे निरीक्षण गर्न एउटा स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने उनको कानुनी समूहले अदालतमा गरेको एउटा निवेदनमा माग गरिएको छ।

एफबीआईका अनुसार ८ अगस्टमा ट्रम्पको घरजग्गाबाट एघार सेट वर्गीकृत फाइलहरू लगिएको थियो। कागजातहरू गलत ह्यान्डल गरेको आरोपमा ट्रम्पमाथि अनुसन्धान भइरहेको छ।

जफत गरिएका कागजातमाथि कार्यकारी विशेषाधिकार छ वा छैन भन्ने बारेमा सोमबार उनका वकिलहरूले एक विशेष मास्टर भनेर चिनिने तेस्रो–पक्ष न्यायाधिवक्ता नियुक्त गर्न माग गरे। यसअधिकार अन्तर्गत निश्चित सञ्चार सार्वजनिक गर्नबाट रोक्न राष्ट्रपतिलाई अधिकार दिन्छ। विशेष मास्टरहरू सामान्यतया आपराधिक मुद्दाहरूमा नियुक्त हुन्छन्,जहाँ केही प्रमाणहरू अधिवक्ता–ग्राहक विशेषाधिकारअन्तर्गत सुरक्षित हुन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *