२३९ वर्षपछि दी हेराल्डले पायो पहिलो महिला सम्पादक

डिसी नेपाल
७ भदौ २०७९ ९:४९
60
Shares

स्कटल्यान्ड। आफ्नो २३९ वर्ष लामो इतिहासमा स्कटल्यान्डको ब्रोडसिट दी हेराल्ड पत्रिकाले पहिलो पटक महिला सम्पादक नियुक्त गरेको छ। पत्रिकाले क्याथरिन सालमोन्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको हो।

उनले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्युजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हालेकी छिन्।

सालमन्डले डोनाल्ड मार्टिनको स्थान लिनेछिन्। मार्टिनको कार्यकाल यही ३१ अगस्टमा समाप्त हुँदै छ। उनले भनिन्, ‘दी हेराल्डमा आबद्ध हुन पाउँदा मैले सम्मानित महसुस गरेकी छु र यस नयाँ अध्याय इतिहासमा रोमाञ्चक हुनेमा म विश्वस्त छु।’

‘हामी स्कटल्याण्डको उत्कृष्ट समाचार ब्रान्डहरू मध्येको एउटा अनलाइन र प्रिन्टमा अपेक्षित बलियो, तीव्र, र ऊर्जावान पत्रकारिता प्रस्ताव गर्छौं भन्ने सुनिश्चित गर्दै पत्रिका र यसका कर्मचारीलाई विजेता बनाउँदै मैले दृढता र जोससहित नेतृत्व गर्नेछु ।’ उनले अगाडि भनिन्,‘हाम्रो उद्योगले सामना गरेको दबाबप्रति हामी सबै सचेत छौँ, तर बौद्धिक, दृढ र अगाडि सोच्ने एउटा समूहसहित दि हेराल्डलाई राम्रो तहमा राखिएको छ ।’

न्युजक्वेस्ट स्कटल्यान्डका प्रधानसम्पादक क्यालुम बेयर्डले थपे, ‘यो स्पष्ट थियो की क्याथरिनको महत्वाकांक्षा हाम्रो आफ्नैसँग मेल खान्छ र उनको दृष्टिकोण दिन समूहसँग कसरी काम गर्छिन भन्ने हेर्न हामी उत्सुक छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *