रुसले युक्रेनको सुरक्षा निकायमाथि पुटिनका निकट सहयोगीकी छोरीको ‘हत्या’ गरेको आरोप लगायो

डिसी नेपाल
७ भदौ २०७९ १०:५२
44
Shares

काठमाडौं । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीकी छोरी दर्या डुगिनाको हत्यामा युक्रेनको सुरक्षा निकायलाई दोष दिएको छ ।

रसियाको सुरक्षा सेवा (एफएसबी) ले शनिबार राति भएको आक्रमणको पछाडि जुलाईमा रसिया पुगेका एक युक्रेनी नागरिकको हात रहेको बताएको छ।

अब रुसी अधिकारीहरूले उक्त युक्रेनी नागरिक कार बम विष्फोटपछि इस्टोनिया भागेको दाबी गरेका छन् । यी आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन ।

यद्यपी युक्रेनले यी आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । पूर्व रुसी सांसद इल्या पोनोमारेभले पुटिनको शासनको विरोध गर्ने आन्तरिक समूहले आक्रमणको पछाडि रहेको बताएका छन्।

दर्या डुगिना रुसी दार्शनिक अलेक्जेन्डरकी छोरी थिइन्, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनको ‘ब्रेन’ भनेर चिनिन्छ। रुसी अनुसन्धान समितिका अनुसार दर्या डुगिना आफ्नो कारमा घर जाँदै गर्दा उनको कारमा विस्फोट हुँदा उनको मृत्यु भएको थियो।

रुसी अधिकारीहरूले उनका बुबा अलेक्जेन्डर डुगिन मस्को नजिकै शनिबार राति भएको आक्रमणको मुख्य निशाना भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *