सोनाली फोगाटको मृत्यु ‘अप्राकृतिक’, हत्याको आशंका !

डिसी नेपाल
८ भदौ २०७९ ११:२०
1.6k
Shares

काठमाडौं । गोवा प्रहरीले भाजपा नेता तथा टिकटक स्टार सोनाली फोगाटको मृत्युलाई अस्वाभाविक भन्दै मुद्दा दर्ता गरेको छ। समाचार एजेन्सी पीटीआईले मापुसा, गोवाका पुलिस उपअधीक्षक (डीएसपी) जिवबा दलवीलाई उद्धृत गर्दै यो जानकारी दिएको छ।

जिवबा दलवीले भने, “सोनाली फोगाट अगस्ट २२ मा गोवा आएर अन्जुनाको एउटा होटलमा बसेकी थिइन् भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । मङ्गलबार बिहान होटलमा अस्वस्थ महसुस भएपछि अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरिएको थियो ।”

प्रहरीले बिहान नौ बजे यस विषयमा जानकारी पाएको थियो । अन्जुनामा सोनाली फोगाटको मृत्यु भएपछि अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको डीएसपीले बताए ।

सोनाली फोगाटको मंगलबार हृदयघातका कारण निधन भएको हो । यद्यपी उनको मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

“सम्बन्धित साक्षीहरूको बयान रेकर्ड भइरहेको छ र अन्जुना पुलिसले फोरेन्सिक मेडिसिन विभाग, गोवा मेडिकल कलेजलाई पोस्टमार्टम परीक्षणको लागि डाक्टरहरूको समिति गठन गर्न पत्र लेखेको छ,” उनले भने। यस विषयमा अनुसन्धान भइरहेको डीएसपीले बताए ।

सोनाली फोगाटका परिवारले यो मृत्युमा षड्यन्त्र भएको दाबी गरिरहेका छन् । एक स्थानीय मिडिया च्यानलसँग कुरा गर्दै सोनाली फोगाटकी बहिनीले भनिन् कि बीजेपी नेतालाई उनको खानामा केहि मिसाइएको छ भनेर डर थियो।

सोनाली फोगाट पछिल्लो पटक बिग बोस १४ मा देखिएकी थिइन् । सोनाली फोगाटले पनि २०१९ मा हरियाणाको हिसारको आदमपुर सीटबाट भाजपाको टिकटमा चुनाव लडेकी थिइन् । तर, उनी पराजित भइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *