सोनाली फोगाटको मृत्युमा उनकै पीएको हात !
काठमाडौं । भाजपा नेता तथा टिकटक स्टार सोनाली फोगाटका परिवारले उनको मृत्युलाई लिएर लगातार प्रश्न उठाइरहेका छन् । अब सोनालीका भतिजा अधिवक्ता विकासले उनका स्वकीय सचिव सुधीर सांगवानमाथि गम्भीर आरोप लगाएका छन् ।
विकासले सोनालीको मृत्युको लागि सुधीर सांगवानलाई दोष दिएका छन् । सुधीर सांगवानले सोनाली फोगाटको हत्या गर्ने षड्यन्त्र गरेको विकासले बताए ।
यसैबीच सोनाली फोगाटका भाइले फेसबुक लाइभमा गोवामा आफ्नो कुराको सुनुवाइ नभएको बताए । उनले गोवाको प्रहरी चौकी अगाडि उभिएर यो लाइभ गरेका हुन् ।
यसअघि सोनाली फोगाटका भतिजा मोहिन्दर फोगाटले मृत्युपछि सोनाली फोगाटको अनुहार सुन्निएको दाबी गरेका छन् । उनको अनुहारको एक छेउमा स्ट्रेच मार्कहरू पनि थिए। उनले भने, ‘हामी यस विषयमा छानबिन गर्न चाहन्छौं । सोनालीले आफुविरुद्ध कसैले षड्यन्त्र गरिरहेको आशंका गरेको परिवारलाई बताएकी थिइन् ।’
उनकी बहिनीले सीबीआई जाँचको माग गरेकी छिन् । उनकी बहिनी रमनले सोनालीलाई हृदयघात हुन नसक्ने र उनी एकदम फिट रहेको बताइन् । उनले भनिन्, ‘हामी यस विषयमा सीबीआई छानबिनको माग गर्छौं । हाम्रो परिवारले सोनालीको हृदयघातबाट मृत्यु भएको कुरा पत्याउन सक्दैन। उनलाई कुनै मेडिकल समस्या थिएन।
सोनाली फोगाटकी अर्की बहिनी रुपेशले मृत्युअघि साँझ सोनालीले फोन गरेको बताइन् । उनले सोनालीले ह्वाट्सएपमा कुरा गर्न चाहेको र केही गडबड भइरहेको बताएको उनले बताइन् । पछि उबले फोन काटिन् र पछि फेरि फोन उठाइनन् ।
सोनाली फोगाटको गोवामा निधन भएको हो । गोवा प्रहरीले मृत्युको कारण हृदयघात भएको बताएको छ । यति मात्र होइन, सोनालीको शरीरमा चोटपटकको कुनै निशान नभेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोनाली फोगाट सोमबार राति अन्जुनास्थित ‘कर्लिज’ रेष्टुरेन्टमा थिइन्, त्यही क्रममा उनले बेचैन भएको गुनासो गरेकी थिइन् । त्यसपछि उनलाई गोवा जिल्लाको अन्जुनास्थित सेन्ट एन्थोनी अस्पतालमा ल्याइएको थियो। यहाँ उनको मृत्यु भयो।
सोनाली फोगाट २०१९ को हरियाणा विधानसभा चुनावमा आदमपुर विधानसभा सीटबाट बीजेपीको टिकटमा लडेकी थिइन्, तर हारिन्। उनी कांग्रेसका कुलदीप बिश्नोईसँग पराजित भएकी थिइन् । अहिले कुलदीप बिश्नोई कांग्रेसबाट भाजपामा प्रवेश गरेका छन् ।







डिसी नेपाल







Facebook Comment