पार्टी विवादपछि अब फिनल्याण्डकी प्रधानमन्त्रीले टपलेस फोटो विवादमा माफी मागिन्

डिसी नेपाल
८ भदौ २०७९ १५:०८
420
Shares

काठमाडौं । एक पार्टीमा गएको विषयमा विवादपछि फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले अब अर्को विषयमा माफी मागेकी छिन् । उनले आफ्नो सरकारी निवासमा आएका पाहुनाको टपलेस तस्विरका लागि माफी मागेकी छिन् ।

केही दिन अगाडि उनको पार्टीको भिडियो भाइरल भएको थियो जसमा उनी नाच्दै, गाउँदै र केही पिउँदै गरेको देखिएकी थिइन् । यसका लागि उनको निकै आलोचना भएको थियो । त्यसपछि उनले आफैंले ड्रग्सको परीक्षण गराइन् जुन पछि नेगेटिभ आएको थियो ।

अहिले सार्वजनिक भएको तस्विरमा दुई जना चर्चित प्रभावशालीलाई प्रधानमन्त्री निवासमा जुलाइ महिनामा देखाइएको छ । यी तस्विरहरु मंगलबार सामाजिक सञ्जालमा निकै शेयर भएका छन् । साना मरीनले यी तस्विरहरू ‘अनुपयुक्त’ भएको स्वीकार गरेकी छिन्। यसका लागि उनले माफी मागेकी छिन् ।

तस्बिरमा दुई महिला एकअर्कालाई चुम्बन गरिरहेका छन् । आफूलाई छोप्न उनीहरूले हातमा एउटा बोर्ड लिएका छन् जसमा ‘फिनल्याण्ड’ लेखिएको छ । जुलाईमा रुइसरक म्युजिक फेस्टिभलपछि राजधानी हेलसिन्कीस्थित प्रधानमन्त्रीको सरकारी कार्यालय केसरन्टामा पार्टी आयोजना भएको साना मरिनले सोमबार बताइन् ।

फिनल्याण्डका मिडिया रिपोर्टका अनुसार यी तस्विर पाहुनाका लागि बनाइएको वाशरूममा खिचिएका हुन् । साना मरिनले भनिन्, ‘हामीले सौना, पौडी खेल्यौं र सँगै समय बितायौं। यस्ता तस्बिरहरू खिच्नु हुँदैनथ्यो तर त्यो बाहेक त्यहाँ असाधारण केही भएन ।’

३६ वर्षीया साना मरीन सन् २०१९ मा सत्तामा आएकी थिइन् । त्यतिबेला उनी विश्वकै कान्छी प्रधानमन्त्री भइन् । केही आलोचनाको बाबजुद पनि, साना मारिनले आफ्नो जीवनशैलीको बारेमा गोप्य राखिनन् जस्तै साथीहरूसँग घुम्ने र जुलाईमा संगीत समारोहहरूमा जाने।

तर, विगत केही सातादेखि पार्टीबाट उनको एक भिडियो सार्वजनिक भएपछि उनले पार्टीका नेता र प्रतिपक्षबाट दबाब पाइरहेकी छन् । विपक्षी दलका वरिष्ठ नेताहरुको मागमा उनी ड्रग्स परीक्षण गर्न राजी भएकी हुन् । तर, साना मरीनले पार्टीमा रक्सी मात्रै पिएको, अरु कुनै नशा नखाएको बताएकी थिइन् ।

युक्रेनमा रुसको आक्रमणपछि फिनल्याण्ड नाटोको हिस्सा बन्ने विषयमा छलफल चलिरहेको बेला यो विवाद आएको हो । फिनल्याण्डले अन्य इयु देशहरू जस्तै, रुसीहरूको लागि पर्यटक भिसामा प्रतिबन्धको समर्थन गर्‍यो। रुससँगको लामो पूर्वी सिमानाबाट रुसी नागरिकहरू फिनल्याण्ड प्रवेश गरिरहन्छन्।

तर, अहिले फिनल्याण्डमा प्रधानमन्त्रीको व्यक्तिगत जीवन चर्चाको विषय बनेको छ । यसबारे फिनल्याण्डमा मिश्रित प्रतिक्रिया आएको छ ।

उपप्रधानमन्त्री एन्निका सराइकोले तस्विरमा रहेको प्रधानमन्त्री कार्यालयको पर्खाल चिनेको बताइन् । उनी भन्छिन् कि फोटोमा देखेको पार्टी शैली फिनल्याण्डका धेरै व्यक्तिहरूको अनुभवसँग मेल खाँदैन जो जीविका चलाउन संघर्ष गरिरहेका छन्।

तर, कसैलाई नैतिकताको पाठ सिकाउनु आफ्नो काम नभएको उनी बताउँछिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *