संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैनः देव गुरुङ

डिसी नेपाल
८ भदौ २०७९ १७:१८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताए ।

महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिए। अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उनको भनाइ थियो । उनले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक÷दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *