जर्मनीमा २७ बर्षीय नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोगको अपेक्षा

डिसी नेपाल
८ भदौ २०७९ १८:१८

जर्मनी । जर्मनीको फ्र्यांकफर्टमा अध्ययनको शिलशिलामा रहेका नेपाली विद्यार्थी अनुप रानाभाटको निधन भएको छ । ६ बर्ष पहिले अगष्ट २२ का दिन अध्ययनका लागि जर्मनी आएका रानाभाटको २२ अगष्टकै दिन क्यान्सरको कारण निधन भएको आफन्तजनलाई उद्धृत गर्दै एनआरएनए जर्मनी हेसेन शाखाका संयोजक ज्योति राईले डिसी नेपाललाई जानकारी दिए ।

नेपालमा बुटवल स्थायी घर भएका मृतक रानाभाटका परिवारले उनको शव नेपाल पठाइदिन र आवश्यक प्रबन्ध साथै खर्चको व्यवस्थापन गर्न आग्रह गरेको संयोजक राइले जानकारी दिए । शव नेपाल लैजानका लागि करिब १० लाख रुपैया खर्च लाग्ने र सो बराबरको रकम जम्मा गर्न परिवारलाई कठिनाई रहेका उनका नजिकका आफन्तजनले बताएका छन् । परिवारजनको आग्रह अनुसार एनआरएनए हेसेनले सहयोग रकम संकलन कार्य सुरु गरिसकेको र अहिलेसम्म ४ हजार युरो अर्थात ५ लाख रुपैँया संकलन भएको राइले बताए ।

फ्रयांकफर्ट स्थित Frankfurt University of applied Science मा वायो प्रोसेसिङ इन्जिनियरिङ विषय अन्तर्गत छैठौं सेमेस्टरमा अध्ययन गरिरहेका रानाभाट करिब २०१८ देखि ट्युमरको क्यान्सरबाट ग्रसित थिए । धैरै पटक शल्यक्रिया र विभिन्न अस्पतालहरुमा उपचार गराउँदा पनि मृत्यूलाई जित्न नसकेपछि अहिले परिवारजन शोकमा डुबेको छ । शब नेपाल पठाउने कम्पनीसँग कार्य अघि बढाउने गरी छलफल भइरहेको र प्रक्रिया पुरा गरेर सक्दो चाँडो शव पठाइने संयोजक राइले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *