नदी सुकेपछि कराेडाैँ वर्ष पुरानाे डायनोसरका खुट्टाका छाप फेला
न्युयोर्क। जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ। पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ। यस्तो खडेरी अमेरिकामा पनि देखिएको छ। खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ।
खडेरीले टेक्सासमा डायनोसर भ्याली स्टेट पार्क भएर बग्ने एउटा नदी सुक्दा ११३ मिलियन वर्षअघि डायनोसर्सको पैतालाको छाप फेला परेको हो । उक्त छाप संसारको सबैभन्दा लामो डायनासोर ट्र्याकवेमध्ये एक भएको जनाइएको छ।
सुक्खा मौसमले उक्त छाप देखिएको अधिकारीहरूले बताएका छन्। ‘गर्मीमा अत्यधिक खडेरीका कारण धेरै स्थानहरूमा नदी पूर्ण रूपमा सुक्दा पार्कमा ट्र्याक देखिन थालेको टेक्सास पार्क तथा बन्यजन्तु विभागकी स्टेफानी सालीनस बताउँछिन्। ‘सामान्य नदीको अवस्थामा यी नयाँ ट्र्याकहरू पानीभित्र देख्न सकिँदैन’, उनले भनिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment