ओहायोमा तीज कार्यक्रम, छमछमी नाचे नेपाली महिला (भिडियो सहित)

डिसी नेपाल
९ भदौ २०७९ ९:५५

ओहायो। गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । ओहायो राज्यको कोलम्बस शहरमा अगस्ट-२१ का दिन एनआरएन च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रममा स्थानीय नेपाली/नेपाली भाषीहरूको उलेख्य सहभागिता रहेको थियो।

ओहायोका बिभिन्न शहरहरू एक्रोन ,सिनसिनाटी, क्लिभल्याण्ड आदि बाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो।

ओहायो एनआरएन च्याप्टर कार्यकारी सदस्य वर्षा वली(निरौला) तथा सदस्य शारदा धितालले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा महिला संयोजक विनीता आचार्यले स्वागत मन्तब्य राख्दै तिजको पर्वको परंपरागत महत्वका बारेमा धारणा राखी सम्पूर्ण आगन्तुक महानुभावहरू लाई स्वागत गरेकी थिइन्।

कार्यक्रममा डा.आरति शर्माको नृत्य समुह, योगिता खनाल नृत्य समुह ,मनिसा चापागाई,चन्दा गुरूड़, सृष्टि बास्कोटाको आकर्षक नृत्य तथा स्थानीय गायकहरू सोम गुरूङ, कृष्ण रेग्मी र राजकुमार लोहोनीले गीत मार्फÞत थप मनोरञ्जन भएको थियो । सहभागी महिला दिदीबहिनीहरू स्वतस्फूर्त बिभिन्न तीज गीतमा छमछमी नाचेर रमाए ।

ओहायो च्याप्टरका अध्यक्ष मोहन न्यौपानेले जनपरिचालन तथा अन्य सहयोग गरे भने कार्यक्रमको आर्थिक पाटोको संयोजनमा कोषाध्यक्ष होताराम बिश्वकर्मा साथै सदस्य शान्तीराम अधिकारीले गरेका थिए। कार्यक्रमलाई सफल पार्नको निम्ति च्याप्टरका सचिव रिद्धि खड्का तथा सदस्य रेवती कंडेलले आवश्यक सामग्री संयोजन साथै खानपान ब्यवस्थापनमा बिशेष भुमिका खेलेका थिए।

सह-सचिव लोकेन्द्र देवकोटा तथा सदस्य डिल्ली केरूङले पनि कार्यक्रम सफल पार्न समन्वयकारी भूमिका खेलेका थिए। लक्ष्मी ज्वैलर्सका संस्थापक तथा च्याप्टरका युवा संयोजक भिषण अधिकारीले कार्यक्रमको लागि ५०० डलर आर्थिक सहयोग तथा साउण्ड सिस्टम उपलब्ध गराएका थिए। साउण्ड सिस्टम संयोजन तथा डिजे संचालन अनुज दाहाल र क्षितिज निरौलाले संयुक्त रूपमा गरेका थिए ।

ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालले कार्यक्रमको समग्र ब्यबस्थापन गरेका थिए। नृत्यमा डा.आरती शर्मा नृत्य समुह,योगिता खनाल नृत्य समुह , मनिषा चापागाई,चन्दा गुरूड़, सृष्टि बास्कोटा तथा गायनमा राजकुमार लोहनी ,सोम गुरूड़,कृष्ण रेग्मी साथै कार्यक्रम संचालिका सारदा धिताल, साउण्ड सिस्टम कार्यक्रम संयोजन गर्ने अनुज दाहाल र क्षितिज निरौला साथै अन्य बालवालिकाहरू लाई दाहालले टफी बितरण गर्दै सम्मान गरेका थिए।

कार्यक्रमलाई सफल र भब्य बनाउन सहयोग गर्ने निर्मला लुईटेल,सन्तोषी खड्का,उर्मिला कंडेल लगायत सबै महिला दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको समेत संस्थाद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा फोटोग्राफी गर्ने बादल निरौला तथा भोजन ब्यबस्थापन गर्ने ड्र्यागन एक्सप्रेस किचेनका टंक तिवारीलाई पनि धन्यबाद ब्यक्त गरिएको छ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *