भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त
नयाँ दिल्ली। भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ। यो घटनाले दुई आणविक हतियारयुक्त देशबीच तनाव बढाएको थियो। दिल्लीले उक्त घटनालाई नियमित मर्मतसम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो।
इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरवाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी दिएको छ। ९ मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ।
ब्रह्मोस रसिया र भारतले संयुक्त रूपमा विकास गरेको एक परमाणु–सक्षम क्रुज मिसाइल हो। क्षेप्यास्त्रले मार्च ३ मा १२ हजार मिटरको उचाईमा पुगेर दुर्घटना हुनुअघि पाकिस्तानी आकाशमा १२४ किलोमिटर उडेको थियो।
क्षेप्यास्त्रले भारत र पाकिस्तानी हवाई क्षेत्रमा धेरै यात्रु र अन्तर्राष्ट्रिय उडानका साथै जमिनमा मानव जीवन र सम्पत्तिलाई खतरामा पारेको पाकिस्तानी वायु सेनाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment