कमेडियन राजु श्रीवास्तवलाई होस आयो
काठमाडौं । राजु श्रीवास्तवका सबै फ्यानहरूका लागि राहतको खबर छ। आज बिहान राजुलाई होश आएको छ । राजु पछिल्लो १५ दिनदेखि एम्समा भर्ना छन् । चिकित्सकको टोलीले उनको हरेक पल निगरानी गरिरहेको छ । सबैले राजुलाई निको होला भन्ने आशा गरेका थिए । सबैले राजुको स्वास्थ्य लाभको लागि प्रार्थना गरिरहेका छन् र अब राजुलाई अन्ततः होश आएको छ।
राजु श्रीवास्तवका पीआरओ र सल्लाहकार अजित सक्सेनाले हास्यकलाकारको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनले भने- ‘राजु श्रीवास्तवलाई बिहान ८.१० बजे होश आयो।’ राजु होशमा आएसँगै हास्य कलाकारको परिवारको मुहारमा मुस्कान फर्किएको छ । उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका राजुका सबै फ्यानहरुले पनि राहतको सास फेरेका छन् ।
स्रोतबाट प्राप्त जानकारी अनुसार राजुलाई बिहान ८.१० बजे होश आयो । त्यसपछि राति ९ बजे चिकित्सकको टोलीले राजुको अवस्था पनि जाँच गरेको थियो । अघिल्लो दिन राजुको मस्तिष्कका तीन नसामध्ये एउटा अझै पनि अवरुद्ध रहेको र उपचार जारी रहेको चिकित्सकले बताएका थिए । राजुको उपचारका लागि चिकित्सकहरुले न्यूरोफिजियोथेरापीको सहयोग लिइरहेका छन् ।
राजु श्रीवास्तवको मानसिक अवस्था सुधार्नका लागि डाक्टरहरूले उनलाई अमिताभ बच्चनको आवाज सुन्न लगाइदिएको पनि बताइएको छ । अमिताभ बच्चनका कार्यक्रम र प्रस्तुतिहरूको भ्वाइस रेकर्डिङ राजुलाई सुनाइँदैछ। डाक्टरहरुले पनि राजुको उपचारमा कुनै कसर बाँकी राखेका छैनन् । उनलाई उत्कृष्ट उपचारको व्यवस्था गरिएको छ । डाक्टरहरुको मिहिनेत र फ्यानहरुको प्रार्थनाले सार्थकता पाएको छ । राजु श्रीवास्तव १५ दिनपछि होशमा आएका छन् ।







डिसी नेपाल







Facebook Comment