मोरङको पेट्रोल खानी गौचरणमा परिणत

डिसी नेपाल
९ भदौ २०७९ १९:५०

मोरङ । तीन दशक बितिसक्दा पनि मोरङको पेट्रोल खानी सञ्चालनमा नआउँदा गौचरणमा परिणत भएको छ । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानी गौचरणमा परिणत भएको हो । पेट्रोलमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य सुरु भएको हो ।

तर मोरङको बेलबारी नगरपालिका–८ बाहुनीमा रहेको खानी भने गौचरणमा परिणत भएको छ । खानीको अन्वेषणका निम्ति बनेका भवन र कच्चापदार्थ अवस्था जीर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भई अन्वेषण गर्न ल्याएको कच्चा पदार्थसमेत नष्ट भएका छन् । विसं २०४५ मा सरकारको सहयोगमा एउटा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण त ग¥यो तर सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेका कारण गौचरणमा परिणत भएको स्थानीयवासी कुलबहादुर भण्डारी बताउछन्।

उक्त कम्पनीले छ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको थियो । ३४÷३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको स्थानीयवासी यामप्रसाद तिम्सिना बताउछन् । सरकारले खानी तथा भूगर्भ विभागले खानी अन्वेषण गर्न र सञ्चालनमा ल्याउने भन्दै स्थानीयवासीबाट ४।९६९ वर्गमिटर जमिन आफ्नो मातहतमा ल्याएको छ ।

सरकारको बेवास्ताका कारण हाल उक्त स्थान जङ्गलमा परिणत भएको छ । सरकारको मुख्य समस्या भनेको पेट्रोलियम पदार्थ रहे पनि आफूसँग भएका खानी सञ्चालन गर्न नसक्नु हो । तीस वर्षदेखि उक्त स्थान गौचरणका रूपमा परिणत हुँदासम्म सरकारको ध्यान नगएको तिम्सिनाको गुनासो छ ।

विसं २०४५ मा चिनियाँ कम्पनीले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका चौकीदार कपिलमणि रेग्मी बताउछन् । बेलाबेला खानी तथा भूगर्भ विभाग निरीक्षण गर्न आउने गरेको उनले बताए । हाल उक्त स्थानमा दुई कर्मचारी छन् भने विराटनगरमा भएको कार्यालयसमेत काठमाडौंमा सरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *