संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पहिलो पटक भारतले रूसको विरुद्ध मतदान गर्यो !
काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदमा युक्रेनको पक्ष लिएर भारतले पहिलो पटक रुसविरुद्ध प्रक्रियागत मतदान गरेको छ । वास्तवमा रुस र युक्रेनबीच विगत केही महिनादेखि युद्ध चलिरहेको छ, जसका कारण विश्वका धेरै देश दुई गुटमा विभाजित भएका छन् ।
यस युद्धमा धेरै देशले युक्रेनलाई साथ दिएका छन् भने केही रुसको साथमा छन् । तर भारतले सुरुदेखि नै आफ्नो पक्ष राखेको छैन । भारतले युद्ध गलत भएको भन्दै बारम्बार वार्ताबाट विवादको समाधान खोज्दै आएको छ ।
मतदानको क्रममा, १५ सदस्यीय संयुक्त राष्ट्र सुरक्षा परिषदले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भिडियो टेलिकन्फ्रेन्स मार्फत बैठकलाई सम्बोधन गर्न आमन्त्रित गरेको थियो। विशेष कुरा के छ भने दुवै देशमा युद्ध सुरु भएयता भारतबाट कसैको पक्षमा मतदान भएको यो पहिलो पटक हो ।
सुरक्षा परिषदमा बैठकको प्रारम्भमा संयुक्त राष्ट्रका लागि रूसका राजदूत भासिली नेबेन्जियाले भिडियो टेलिकन्फ्रेन्स मार्फत युक्रेनी राष्ट्रपतिको बैठकमा सहभागी हुने प्रक्रियागत मतदानको लागि स्वीकार गरे। भारतसहित १३ देशले युक्रेनको पक्षमा मतदान गरेका छन् । अर्कोतर्फ रुसको मत विपक्षमा गयो भने चीनले मतदान गरेन ।
रुसी राजदूत नेबेन्जियाले प्रस्ताव पेस गर्दै युक्रेनका राष्ट्रपतिको बैठकमा सहभागिताको रुस विपक्षमा नरहेको तर उनको सहभागिता भिडियो टेलिकन्फ्रेन्सबाट नभई ब्यक्तिगत रुपमा हुनुपर्ने बताए ।
सुरुदेखि नै भारतले कुनै एक पक्षलाई उचित ठहराउन बेवास्ता गर्दै आएको छ र रुसलाई कडा प्रतिक्रिया दिइरहेको छैन, जसका कारण अमेरिकाजस्ता धेरै पश्चिमी देशहरू पनि भारतसँग खुसी छैनन् ।
यसैबीच भारतले रुसबाट तेल किन्न थालेपछि पश्चिमको यो असन्तुष्टि झनै बढेको थियो । यस्तो अवस्थामा भारतले पहिलो पटक रुसविरुद्ध मतदान गरेर सबैलाई चकित बनाएको छ । अब भारतलाई मित्र राष्ट्रको रुपमा व्याख्या गर्ने रुसको प्रतिक्रिया कस्तो हुन्छ त्यो हेर्नु पर्ने छ ।
रुस र युक्रेनबीचको युद्धका बेला भारतले कूटनीति र वार्ताका माध्यमबाट शान्तिका लागि निरन्तर अपील गर्दै आएको थियो । भारतले एकपटक पनि दुई देशका बीचमा आफ्नो अडान राखेको छैन। यही कारणले रुसविरुद्ध भारतको भोटले सबैलाई चकित बनाएको छ ।
नयाँ दिल्ली दुई वर्षका लागि सुरक्षा परिषदको स्थायी सदस्य हो। भारतको कार्यकाल डिसेम्बरमा सकिँदैछ। युक्रेनको स्वतन्त्रताको ३१ औं वर्षगाँठमा रुससँगको छ महिना लामो युद्धको समीक्षा गर्न सुरक्षा परिषद्को बुधबार बैठक बस्यो, जसमा सबै सदस्य राष्ट्रहरूले प्रक्रियागत मतदान गरेका थिए। प्रक्रियागत मतदान भन्नाले संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्यले भिटो लगाए पनि प्रस्तावलाई स्वीकार गर्नु हो। यस्तो मतदान केही अवस्थामा मात्र गरिन्छ।
युक्रेन र रुसबीच युद्ध चलिरहेको बेला भारतले रुसबाट तेल लिनु अमेरिकालाई मन नपरेको बेला भारतले रुसबाट तेल किन्ने सम्झौता गरेको थियो । त्यसयता रुसले भारतलाई तेल दिँदै आएको छ । विशेष कुरा के छ भने तेल खरिदका हिसाबले रुस भारतलाई सबैभन्दा बढी कच्चा तेल आपूर्ति गर्ने दोस्रो देश बनेको छ । तर, भारतलाई तेल आपूर्तिमा इराक अझै पनि पहिलो स्थानमा छ ।
भारतले रुसबाट तेल लिनु अमेरिकालाई मन परेन र अमेरिकाले भारतलाई पटकपटक कडाइ गरेको थियो । तर, भारतले तेल खरिदका विषयमा कुनै दबाबमा नआउने र देशका जनताको हितमा हुने सम्झौतालाई अघि बढाउने स्पष्ट पारेको थियो ।
अर्कोतर्फ युक्रेन पनि भारत र रुसबीच भएको तेल सम्झौताबाट खुसी छैन । भर्खरै युक्रेनबाट भनिएको थियो कि भारतले रुसबाट प्राप्त गर्ने हरेक ब्यारेल तेलमा युक्रेनको रगत रहेको छ ।







डिसी नेपाल







Facebook Comment