मल अभावको समस्या छिट्टै समाधान हुन्छ: कृषिमन्त्री यादव

डिसी नेपाल
११ भदौ २०७९ २१:३६
120
Shares

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले खेप्दै आएको रासायनिक मल अभावको समस्या चाँडै समाधान हुने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराजमा आज आयोजना गरेको कार्यक्रममा उनले मल आपूर्तिका लागि समयमै ‘ग्लोबल टेन्डर’ आह्वान भए पनि अन्तर्राष्ट्रिय बजारमा अभाव हुँदा नेपालले मल पाउन नसकेको स्पष्ट पारे ।

भारतको कोलकातामा करिब ३० हजार मेट्रिकटन रासायनिक मल आइपुगेको जानकारी दिँदै उनले चाँडै नै कृषकले मल पाउने दाबी गरे । “अरु रासायनिक मल ल्याउने व्यवस्था सरकारले मिलाएको छ”, उनले भने, “आगामी दिनमा अभाव हुन नदिन समयमै पर्याप्त मलको व्यवस्था गरिन्छ ।”

कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २० वर्षमा हुन नसकेको विकास काम जसपा नेपाल नेतृत्वको सरकारले पाँच वर्षमा पूरा गरेको दाबी गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *