लिबियामा हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान
त्रिपोली। लिबियाको राजधानी त्रिपोलीमा राजनीतिक गुटहरूबीचको घातक झडपको एक दिनपछि राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गरेको छ। झडपका क्रममा कम्तीमा २३ जनाको मृत्यु र दर्जनौं घाइते भएका त्रिपोलीको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा युवा हास्य कलाकार मुस्तफा बराका पनि रहेको एक अधिकारीले बताएका छन्। सन् २०११ मा नेटो समर्थित विद्रोहले तत्कालीन शासक कर्णेल मौमुर गद्दाफीलाई अपदस्थ गरेपछि लिबिया अराजकतामा छ।
राजधानीका विभिन्न स्थानमा आगलागी र विष्फोट भएका विवरण सार्वजनिक भएका छन्। हिंसामा अस्पतालहरू प्रभावित भएका छन् । भिडन्त भएको वरपरका क्षेत्रबाट मानिसहरू विस्थापित भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment