बेहुली फेल हुने थाहा पाएपछि विद्यालयमा आगजनी

डिसी नेपाल
१२ भदौ २०७९ १०:१५
368
Shares

कायरो। बेहुली पढ्ने विद्यालयमा आगजनी गरेको आरोपमा इजिप्टमा एक जनालाई पक्राउ गरिएको छ। बेहुलीले यस वर्षको परीक्षामा अनुत्तिर्ण हुने थाहा पाएपछि विद्यालयको कन्ट्रोल रुममा आगो लगाउने २१ वर्षीय युवक पक्राउ परेका हुन्।

इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको मेनुफिया प्रान्तमा ती व्यक्ति पक्राउ परेका हुन्। दोषीलाई प्रहरीले जेल चलान गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।

विद्यालयमा लगाइएको आगलागीमा कोही पनि हताहत नभएको प्राप्त विवरणहरूमा जनाइएको छ। बेहुली फेल भएमा अर्को शैक्षिक सत्रमा अध्ययन गर्नुपर्ने र आफ्नो विवाह एक वर्ष स्थागित हुने भएपछि आफू आगजनीमा उत्रिएको ति युवकले बताएका छन्।

दमकलले छिट्टै आगो निभाउन सफल भए पनि प्रधानाध्यापकको कार्यालय र केन्द्रीय प्रशासनिक भवनमा ठूलो क्षति भएको छ। आगजनीमा विद्यायका कागजात पनि जलेर ध्वस्त भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *