नोएडाको ट्विन टावरहरू भत्किँदा कति नोक्सान भयो ?
काठमाडौं । रियलस्टेट कम्पनी सुपरटेकले नोएडाको ट्विन टावरहरू भत्किँदा कम्पनीलाई करिब ५०० करोड रुपैयाँ नोक्सान भएको दाबी गरेको छ । उक्त जानकारी कम्पनीका अध्यक्ष आरके अरोराले आइतबार दिएका हुन् ।
आरके अरोराले समाचार एजेन्सी पीटीआईलाई भने कि जग्गा खरिददेखि ट्विन टावरको निर्माणसम्म, बैंकहरूलाई वर्षौंदेखि तिर्दै आएको ब्याजको रकम विभिन्न स्वीकृतिका लागि अधिकारीहरूलाई गरिएको भुक्तानी र दुवै टावरका खरिदकर्ताहरूलाई दिइएको १२ प्रतिशत ब्याज भुक्तानी थप्दा कम्पनीले कूल ५०० करोड रुपैयाँ नोक्सान बेहोरेको छ।
नोएडाको सेक्टर ९३ ए मा निर्मित ट्विन टावर सुपरटेक कम्पनीको एमराल्ड प्रोजेक्टको हिस्सा थियो। ट्विन टावरमा निर्मित ९०० अपार्टमेन्टको कुल बजार मूल्य करिब ७०० करोड थियो। अरोराले पीटीआईलाई भने कि दुवै टावर करिब ८ लाख वर्ग फुटको क्षेत्रफलमा बनेका थिए।
उनले भने, “हामीले यो टावर नोएडा विकास प्राधिकरणको स्वीकृति पछि मात्र बनाएका थियौं।”
सर्वोच्च अदालतको आदेशपछि आइतबार दिउँसो २ः३० बजे करिब १०० मिटर अग्लो एपेक्स र केयेन टावर भत्काइएको थियो । सर्वोच्च अदालतले इमराल्ड कोर्ट परिसरभित्र निर्माण गरिएका यी दुई टावरमा मापदण्ड उल्लङ्घन गरेको पाइयो । टावर भत्काउन ३७०० किलोभन्दा बढी विस्फोटक पदार्थ प्रयोग गरिएको थियो।







डिसी नेपाल







Facebook Comment