मलेसियामा ६ दशमलब १ म्याग्नेच्यिुडको भूकम्प

डिसी नेपाल
१३ भदौ २०७९ १३:२०
728
Shares

क्वालालम्पुर। मलेसियामा शक्तिशाली भूकम्प गएको छ। राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ।

राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जादा उक्त भूकम्प गएको हो।

भूकम्पले पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रबाह रोकिएको थियो। भूकम्पको केन्द्रबिन्दु समद्री तटबाट ६४ किलोमिटर टाढाको समुद्रमा रहेको जनाइएको छ। भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *