सिंहको पिंजडामा मान्छे पसे, सिंहले विभत्स तरिकाले मारिदियो
काठमाडौं । अफ्रिकी देश घानाको एउटा चिडियाखानामा एउटा हृदयविदारक दुर्घटना भएको छ । त्यहाँ थुनेर राखिएको सिंहले आफ्नो नजिक आएका व्यक्तिलाई आक्रमण गरेको छ । सिंहको घातक आक्रमणमा नराम्ररी घाइते भएका ती व्यक्तिको केही समयपछि मृत्यु भयो । चिडियाखाना प्रशासनले यसको आधिकारिक पुष्टि गरेको छ । तर, मृतकले तारबार नाघेर सिंहको पिंजडामा किन गए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
घानाको राजधानी अक्राको चिडियाखानामा यो दुर्घटना भएको हो । चिडियाखानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि अगस्ट २८ दिउँसो १२ बजे चिडियाखानाका अधिकारीहरुले सुरक्षा बार चढेर अवैध रुपमा सिंहको क्षेत्रमा एक अधबैंसे व्यक्ति प्रवेश गरेको थाहा पाए । जहाँ उनलाई देख्ने बित्तिकै सिंहले तिब्र गतिमा आक्रमण गर्यो ।
सिंहको आक्रमणबाट व्यक्ति नराम्ररी घाइते भएको चिडियाखनाको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । त्यसपछि चिडियाखाना प्रशासनले सिंहलाई निकै मुस्किलले शान्त पारेर सुरक्षित स्थानमा लगेर घाइतेलाई घेराबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेको थियो । त्यतिन्जेलसम्म घाइतेको मृत्यु भइसकेको थियो, त्यसपछि प्रहरीले उनको शवलाई शव गृहमा लगेको थियो ।
Police Investigate Death of a Man at the Accra Zoo
The Police have commenced investigation into the circumstances surrounding the death of a man who was allegedly attacked by one of the lions at the Accra Zoo.
— Ghana Police Service (@GhPoliceService) August 28, 2022
चिडियाखानाबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी यो बताउन चाहन्छौं कि चिडियाखानामा सिंह, सिंहिनी र दुईवटा शावक पूर्णरुपमा सुरक्षित छन् ।’ अक्रा चिडियाखानाबाट कुनै पनि सिंह भागेको छैन भन्ने आम जनतालाई आश्वस्त गराउन चाहेको चिडियाखानाको तर्फबाट भनिएको थियो । सबै सिंहहरू यहाँ छन्।
घटनालगत्तै वन आयोगका प्रमुख कार्यकारी अधिकृत तथा भूमि तथा प्राकृतिक स्रोत उपमन्त्रीले चिडियाखानाको भ्रमण गरी सबै कुराको जानकारी लिएका थिए ।
घाना प्रहरीले चिडियाखानामा सिंहको आक्रमणबाट मारिएका व्यक्तिबारे अनुसन्धान सुरु गरेको छ । यस विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिएको छ । अगस्ट २८ मा चिडियाखानामा मृत फेला परेको शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा सबै अनुसन्धानपछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा पठाएको जनाएको छ । यस मामिलामा प्रहरीले चिडियाखाना प्रशासन र वन आयोगसँग मिलेर सम्पूर्ण घटनाको जानकारी लिइरहेको छ।
उक्त व्यक्ति सिंहको बच्चा चोर्नको लागि पिंजडामा गएको पनि मिडिया रिपोर्टमा चर्चा छ । माई जोय अनलाइन वेबसाइटका अनुसार मृतक मानिसले बच्चा चोर्न बार पार गरेको बताइएको छ । तर, ती व्यक्ति के कारणले सिंहको घेरामा प्रवेश गरे । यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।







डिसी नेपाल







Facebook Comment