हङकङमा पाँच महिनायताकै बढी संक्रमित
हङकङ। हङकङमा एकै दिन ९ हजार ७०८ जनामा कोभिड संक्रमण देखिएको छ। यो पाँच महिनामा सबैभन्दा बढी दैनिक संक्रमित हो। संक्रमितमध्ये १० जना गम्भीर छन्। त्यस्तै भाइरसका कारण एकै दिन १० जनाको मृत्यु भएको छ।
दैनिक संक्रमितको संख्या १० हजार पुग्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी चुआङ सुक–क्वानले जानकारी दिए। संक्रमितलाई परिवारका सदस्यसँगै आइसोलेसनमा राखिने व्यवस्था गरिएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment