श्रीलंकामा खर्च कटौती गर्ने तयारी
कोलम्बो। श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले अन्तरिम बजेट प्रस्तुत गर्दा खर्च घटाउने तयारी गरेका छन्। पर्यटनमा निर्भर श्रीलंकाले सन् १९४८ को स्वतन्त्रपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ। विदेशी मुद्रा सञ्चिति सकिँदा अत्यावश्यक बस्तुको अभाव हुनुका साथै आधारभूत सामाग्रीको मूल्य आकाशिएको छ।
जुलाईमा विद्रोहका कारण गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपति बनेका विक्रमासिंघेले सार्वजनिक खर्च कटौती गर्ने बताएका छन्। रक्षालगायत कल्याणका लागि कोष पठाउन र ऋणको ब्याज तिर्न खर्चमा ‘केही सय अर्ब’ रुपैयाँ कटौती गरिने उनले बताए।
श्रीलंकाले नोभेम्बरमा प्रस्तुत गरेको अन्तिम बजेटमा १० दशमलब ९९ अर्ब डलर खर्च गर्ने लक्ष्य राखेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment