आईएमएफबाट ठूलो राहत पाएपछि पाकिस्तान चीन, साउदी अरेबिया, कतार, यूएईप्रति कृतज्ञ
काठमाडौं । नगद संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ठूलो राहत दिइएको छ । आईएमएफले पाकिस्तानलाई १ अर्ब २० करोड डलर ऋण दिने भएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यो ऋणलाई आफ्नो सरकारको तर्फबाट देशको अर्थतन्त्रलाई ट्रयाकमा फर्काउने ठूलो कदमको रूपमा वर्णन गरेका छन्।
आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले पनि बाढीको गम्भीर चुनौती सामना गरिरहेको छ । मनसुनको वर्षापछि पाकिस्तानको झण्डै एक तिहाइ क्षेत्र पानीमा डुबेको छ, जसले कृषिमा गम्भीर असर पार्नेछ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानलाई आईएमएफबाट प्राप्त भइरहेको १.२ अर्ब डलरको राहत प्याकेजअन्तर्गत सातौं र आठौं किस्ता छिट्टै जारी हुनेछ। यो सहयोगपछि केही समयदेखि पाकिस्तानमा घुमिरहेको डिफल्टर हुने खतरा टरेको छ ।
I want to thank China, Saudi Arabia, Qatar & UAE for helping us fulfil the financing gap that revived our IMF program.
I want to thank IMF, World Bank, ADB, AIIB & IDB for their support for Pakistan.
Thanks also to US, UK, EU, Turkey, Japan, Korea and others for the support.
— Miftah Ismail (@MiftahIsmail) August 29, 2022
पाकिस्तानका अर्थमन्त्री मिफ्ता इस्माइलले आईएमएफबाट राहत पाउन सहयोग गरेकोमा चीन, साउदी अरेबिया, कतार र युएईलाई धन्यवाद दिएकी छन् ।
पाकिस्तान र आईएमएफबीच २०१९ मा ६ अर्ब डलरको सम्झौता भएको थियो तर जनवरी २०२० मा यो कार्यक्रम अलपत्र परेको थियो । आईएमएफले ऋणको नयाँ किस्ता जारी गर्न इन्धनको मूल्यवृद्धिलगायतका केही शर्त पाकिस्तानसमक्ष राखेको थियो ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति लगभग खाली छ र अहिले निर्यात र आयात गर्न एक महिनाको मात्रै विदेशी मुद्रा छ। मुलुकमा मुद्रास्फीति आकाश छुन थालेको छ ।







डिसी नेपाल







Facebook Comment