पैसा नतिरेको भन्दै अस्पतालले ओलम्पिक र विश्वकप च्याम्पियन खेलाडीको लाश कब्जा गर्‍यो

डिसी नेपाल
१४ भदौ २०७९ १०:३३

काठमाडौं । पाकिस्तानी ओलम्पियन तथा पूर्व हक्की कप्तान मन्जुर हुसैनको शव सोमबार लाहोरको एक निजी अस्पतालले उपचारको बक्यौता तिर्न नसकेपछि केही घण्टासम्म बुझाउन अस्वीकार गरेको छ । मञ्जुरको हृदयघातका कारण मृत्यु भएको थियो ।

मञ्जुर जुनियर भनेर चिनिने ६४ वर्षीय हुसेन सन् १९७६ र १९८४ को ओलम्पिकमा क्रमशः कास्य र स्वर्ण पदक जित्ने टोलीमा थिए। उनी सन् १९७८ र १९८२ मा विश्वकप जित्ने हक्की टोलीमा पनि थिए।

मुटु रोगबाट पीडित हुसेनलाई सोमबार बिहान स्वास्थ्य बिग्रिएपछि अस्पताल लगिएको थियो । ओलम्पियनलाई लाहोरको शालिमार अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको मृत्यु भएको थियो।

पाकिस्तानको पञ्जाब प्रान्त सरकारका एक अधिकारीले पीटीआईलाई भने, ‘उपचारको बक्यौता नतिरेको भन्दै अस्पताल व्यवस्थापनले यी पूर्व खेलाडीको शवलाई केही घण्टासम्म राखेको थियो ।’

पछि पाकिस्तान हक्की महासंघ (पीएचएफ) ले यो कुरालाई ध्यानमा राखेर पाँच लाख रुपैयाँ भुक्तानी गर्ने व्यवस्था गरेको थियो। त्यसपछि उनको शव आफन्तलाई बुझाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *