फोनमा मन्त्रीको आवाज नचिनेपछि लेखापालमाथि कारवाही

डिसी नेपाल
१४ भदौ २०७९ ११:१८

काठमाडौं । उत्तर प्रदेशको अमेठीबाट भाजपा सांसद तथा केन्द्रीय मन्त्री स्मृति इरानीको आवाज फोनमा नचिनेका लेखापालविरुद्ध छानबिनको आदेश दिइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुसाफिरखाना तहसील अन्तर्गत पूरे पहलवान गाउँमा बस्ने करुणेशले अगस्ट २७ मा स्मृति इरानीलाई गुनासो पत्र लेखेका थिए। उक्त पत्रमा व्यक्तिले पेशाले शिक्षक रहेका आफ्ना बुवाको मृत्युपछि आमा सावित्रीदेवीले पेन्सन पाउने बताएका थिए । तर लेखापाल दीपकको तर्फबाट प्रमाणिकरण नहुँदा यो पेन्सन अलपत्र भएको उनले लेखेका थिए ।

यसपछि केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति इरानीले लेखापाललाई फोन गरेपनि लेखपालले उनको आवाज चिन्न सकेनन् ।

अमेठीका मुख्य विकास अधिकारी अंकुर लाथेरले पीटीआईलाई भने कि करुणेशको पत्र अनुसार यो मुसाफिरखाना लेखापाल दीपकको लापरवाहीसँग सम्बन्धित मुद्दा हो र उनले आफ्नो जिम्मेवारी राम्ररी पूरा गरेनन्।

अंकुर लाथेरले मुसाफिरखानाका उप-विभागीय मजिस्ट्रेटलाई यस विषयमा छानबिन गर्न आदेश दिइएको बताए। त्यसपछि मात्र कुनै कारबाही हुन्छ।

यसअघि शनिबार करुणेशको गुनासोमा केन्द्रीय मन्त्री इरानीले लेखापाललाई फोन गर्दा लेखापालले उनलाई चिनेनन् । त्यसपछि सीडीओ अंकुर लाथरले फोन हातमा लिएर लेखापाललाई कार्यालयमा आएर भेट्न भने । लेखापाल हाल मुसाफिरखाना तहसीलको गौतमपुर ग्राम सभामा कार्यरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *