चीनमा फेरि लकडाउनको संकेत ! शेन्जेनको इलेक्ट्रोनिक्स बजार बन्द, २४ मेट्रो स्टेशनहरूमा ताला

डिसी नेपाल
१४ भदौ २०७९ १२:०३

काठमाडौं । चीनमा फेरि एकपटक कोरोना संक्रमणको त्रास बढ्न थालेको छ । अवस्था यस्तो छ कि कोरोनाले बजार फेरि बन्द हुन थालेको छ । २४ मेट्रो स्टेशनहरू पनि बन्द गरिएका छन्। धेरै सेवा ठप्प भएका छन् । कोभिड–१९ को डर यति धेरै हावी छ कि मानिसहरूलाई घरबाटै काम गर्न आग्रह गरिएको छ।

चीनको दक्षिणी सहर शेन्जेनका अधिकारीहरूले कोभिड-१९ को प्रकोपलाई ध्यानमा राख्दै सोमबार विश्वको सबैभन्दा ठूलो ह्वाकियाङबेइको इलेक्ट्रोनिक्स बजार अस्थायी रूपमा बन्द गरेको रोयटर्सले जनाएको छ। यससँगै २४ वटा मेट्रो स्टेशनको सेवा पनि बन्द गरिएको छ ।

यसका साथै ३ वटा ठूला भवनलाई सेप्टेम्बर २ सम्म बन्द गर्न पनि निर्देशन दिइएको छ, ती भवनमा माइक्रोचिप, टेलिफोन पार्टपुर्जा र अन्य सामान बिक्री गर्ने हजारौं स्टल छन् । सोमबार १ करोड ८० लाख जनसङ्ख्या भएको शेन्जेनका केही मानिसमा यो रोगको लक्षण देखिएको छ ।

चीनमा कोरोना संक्रमण मात्रै होइन, लाङ्ग्या हेनिपा भाइरस पनि तिब्र गतिमा फैलिरहेको छ । पूर्वी चीनका केही भागहरूमा यो भाइरसको प्रकोप देख्न सकिन्छ। शानडोङ र हेनानमा ज्वरो आएपछि केही व्यक्तिको नमूना लिइएको थियो, जसमा हेनिपाभाइरस पुष्टि भएको थियो ।

स्वास्थ्य विज्ञहरुका अनुसार यो भाइरस जनावरबाट उत्पत्ति भएको हो । यसलाई लाङ्ग्या हेनिपाभाइरस पनि भनिन्छ। हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन। यसबाट बच्ने एउटै उपाय हो सतर्कता र सावधानी।

पछिल्लो समय चीनमा कोरोनाको प्रकोपका कारण हवाई सेवा र रेल सेवा बन्द भएको छ । पर्यटकीय गन्तव्य सहर सान्या शहर जसलाई चीनको हवाई पनि भनिन्छ। यहाँ चार सयभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको छ । त्यसपछि तत्काल प्रभावबाट हवाई सेवा, रेल सेवा बन्द गरिएको थियो । प्रशासनको यो कदमका कारण यहाँ ८० हजारभन्दा बढी पर्यटक फसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *