कमाएको पैसाले पढ्दै प्राविधिक विद्यार्थी

डिसी नेपाल
१५ भदौ २०७९ ८:२५

(इवा) तेह्रथुम। तेह्रथुमको बिकट आठराई-४मा हालै स्थापना भएको बहुप्राबिधिक शिक्षालयमा बिद्यार्थीहरु सिकेको सीपबाट रुपैयाँ आर्जन गर्दै पढ्न थालेका छन्। ३ वर्षको पाठ्यक्रममा ५० हजार तिरेर पढ्न थालेका बिद्यार्थीहरु त्यो समयमा त्यति नै रकम आर्जन गर्ने दीगो विश्वासका साथ लगन देखिन्छन्।

तेह्रथुम बहुप्राबिधिक शिक्षालय इवाका बिद्यार्थीबीच सिक्ने, कमाउने र लागेको खर्च तिर्ने (लन अन पे) कार्यक्रम प्रभावकारी बन्दै गएको छ। शिक्षालयमा सिकेका कुरा व्यवहारमा उतार्न त्यहाँ अकबरे खोर्सानी खेति, बोइलर कुखुरा पालन र च्याउ खेति सुरु गरिएको छ। यसलाई प्राविधिक भाषामा ‘लन अन पे’ भनिने शिक्षालय प्रमुख शिव पाण्डे बताउँछन्।

यो लन अन पे बाट प्राप्त रकम बिद्यार्थी, शिक्षक र शिक्षालयले कूल मूनाफा रकम दामासाही रुपमा लिने गर्छन्। ‘बिद्यार्थीबीच पनि सिकेको कुरा ब्यवहारमा उतार्दै आयआर्जन पनि गर्न पाइने भएपछि उनीहरु उत्साहित छन् ।’ शिक्षालय प्रमुख पाण्डेले भने, ‘यो परीक्षणको रुपमा सुरु गरिएको कार्यक्रम पहिलो चरणमै आकर्षणको केन्द्र बन्दै गएको छ ।’

यहाँ ३-३ वर्षे डिप्लोमा कोर्ष बालीबिज्ञान, पशुबिज्ञान पढाइ हुन्छ । अब सिभिल इन्जिनियरिङ र फार्मेसीको पनि पठनपाठनको तयारी छ । सिकाईका कुरा प्रयोगात्मक अभ्यास गर्न पोलीहाउस, हाइटेक टनेल, नर्शरीको व्यवस्था भएको छ । शिक्षालयमा ३ वर्षे कोर्ष पूरा गर्न करिव ५० हजार रुपैयाँमात्र बिद्यार्थीले भूक्तानी गर्नुपर्छ । यो नेपालकै सस्तो दरमा पढाइ हुने शिक्षालय हो ।

शिक्षालयले अहिले स्थानीय २० जना किसानलाई बेमौसमी तरकारी उत्पादनको तालिम पनि दिइरहेको छ । आफ्नो भूगोलमा उत्पादन हुने बेमौसमी तरकारी उत्पादनका लागि शिक्षालयले किसानहरु समेटेर तालिम सञ्चालन गरेको छ ।

बोइलर, अकबरे र च्याउ खेतिबाट यो सिजनमा करिव २ लाख रुपैयाँ मूनाफा भएको विद्यार्थीहरु संगम बुढाथोकी, लक्ष्मी सेढाइँ र तीर्थराज भट्टराईले डिसी नेपालसित बताए। अर्का विद्यार्थी संघर्ष चम्लागाई भन्छन्, ‘आगामी वर्ष ५ लाख रुपैयाँ आय गर्ने लक्षका साथ पहिलो प्रयास परीक्षणकालका रुपमा लिएका छौं ।’ स्थलगत रिपोर्टिङमा पुग्दा उनहरुको साहस र बोइलर फर्ममै रात बिताएको देख्दा उनीहरुको मिहेनत खेर नजाले महसुस भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *