अरुणाचल प्रदेशमा भारत र चीनको सीमा विवादमा जर्मनीको प्रवेश !

डिसी नेपाल
१५ भदौ २०७९ १०:४६

काठमाडौं । भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले अरुणाचल प्रदेशमा चीनको दाबीमाथि प्रश्न उठाएका छन् । यो दाबी स्तब्ध पार्ने खालको भएको उनले बताए ।

यससँगै उनले भारतसँगको सीमामा चिनियाँ अतिक्रमणलाई निकै अप्ठ्यारो मामिला भन्दै यसलाई स्वीकार गर्न नहुने बताए ।

सञ्चारमाध्यमसँगको अन्तरक्रियामा फिलिप एकरम्यानले चीनसँगको भारतको सिमानामा देखिएको समस्या युक्रेनमा रुसी आक्रमणभन्दा फरक रहेको र दुवै मुद्दालाई एउटै लेन्सबाट हेर्न नसकिने बताए ।

एसियामा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनमा युरोप प्रायः मौन रहन्छ, तर आफ्नो क्षेत्रमा कठिनाइ हुँदा फरक प्रतिक्रिया दिन्छ भन्ने मिडियाले प्रश्न गर्दा फिलिपले यो बयान दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *