तीजमा नाचगान गर्दा चट्याङ लागेर दुई जनाको मृत्यु

डिसी नेपाल
१५ भदौ २०७९ ११:१८
80
Shares

देउखुरी। दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ। घटनास्थलमा टेलिफोनको समस्या भएको  हुनले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *