अचानक अगाडिको सिटमा आएर ट्याक्सी ड्राइभरको यौन शोषण गर्ने महिला दोषी ठहर

डिसी नेपाल
१५ भदौ २०७९ १२:५४

काठमाडौं । पुरुष ट्याक्सी चालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले एक महिलालाई दोषी ठहर गरेको छ । सुनुवाइका क्रममा महिलालाई अदालतमा हाजिर गरिएको थियो । महिलाले ट्याक्सीमा यात्रा गर्दा चालकसँग शारीरिक सम्बन्ध मागेको पनि आरोप छ ।

डेलीमेलका अनुसार यसअघि पनि महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो । दुई वर्षअघि कन्डक्टरलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई ट्रेनबाट निकालिएको थियो। त्यतिबेला उनी रक्सीले मातेको बताइएको छ ।

सजाय पाएकी महिलाको नाम आइरेन टोरी हो । उनी डन्डी, स्कटल्याण्डकी हुन्। मे २०२० मा उनी ट्याक्सीमा घर जाँदै थिइन् । उनी पछाडिको सिटमा बसेकी थिइन् । तर गुडिरहेको गाडीको अगाडिको सिटमा आएर उनले ट्याक्सी चालकलाई दुर्व्यवहार गरिन् ।

४२ वर्षीय टोरीले सम्बन्ध राखेको बदलामा ट्याक्सी चालकलाई पैसा दिने प्रस्ताव राखेकी थिइन् । टोरी आफैले पनि ड्राइभरलाई सम्बन्ध राख्न दबाब दिएको स्वीकार गरेकी छन् । मुद्दाको सुनुवाइपछि अदालतले उनलाई दोषी ठहर गरेको हो । तर, अदालतले अझै सजाय तोकेको छैन ।

टोरी पहिले नै यौन अपराधीहरूको सूचीमा छन्। उनीविरुद्धको यो कारबाही प्रहरी अधिकारीकै अगाडि नै नग्न यौन क्रियाकलापपछि गरिएको हो । त्यही क्रममा उनले सन् २०१९ मा रक्सी पिएर रेल कन्डक्टरसँग अभद्र व्यवहार गरेकी थिइन् ।

अभियोजक लोरा अपोस्टोलोभाले अदालतलाई बताइन्– उनी (टोरी) पछाडिको सिटमा बसेकी थिइन् । यात्राको क्रममा उनले चालकलाई सोधपुछ गर्न थालिन् । उनले ड्राइभरलाई सोधिन् कि यदि उनी विवाहित हो, र उनले आफ्नी श्रीमतीलाई धोका दिन सक्छन् ?

लोरा अपोस्टोलोभाले थप बताइन्- यसपछि उनी चलिरहेको गाडीमा हाम फालेर अगाडिको सिटमा पुगिन् । त्यसपछि चालकले गाडी रोके । त्यसपछि उनले चालकसँग दुर्व्यवहार गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *