रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न
काठमाडौँ। रिलायन्स लाईफ इन्सोरेन्सले यहि भाद्र ८ र ९ गते बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन – रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’, सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटि चिफ एक्जुकेटिभ अफिसर निराजन कँडेलको उपस्थिती रहेको थियो ।
त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पुर्ण सदस्यहरु उपस्थित थिए। कार्यक्रममा प्रेरक प्रशिक्षक बि.पि. रेग्मीले आङ्खनो भनाई र उद्धरणहरु प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पुर्ण रिलायन्स साथी लगायत अन्य महानुभावहरुको ध्यान आकर्षण गरेका थिए। हरेक बर्ष प्रत्येक क्षेत्रमा गरिदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि बिभिन्न तालिम दिइएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment