पहिरोले पुरिएर सिन्धुपाल्चोकमा युवकको मृत्यु

डिसी नेपाल
१५ भदौ २०७९ १८:५७
24
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ पिस्कर गाउँका पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ ।

मामाघर पुगेर फर्किएका १७ वर्षीय अमित थामीको भुसुन डोलको खोलाले निम्त्याएको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो पहिरोले पुरिएलगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए । मृतक थामीको एक हात काटिएको अवस्थामा पहिरोबाट शव निकालिएको प्रहरीको भनाइ छ । थामी स्थानीय मंगलमाई माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *