गोर्बाचेभको अन्तेष्टि शनिबार गरिने
मस्को। मंगलबार मस्कोमा मृत्यु भएका सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन्।
गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुने उनकी छोरीको भनाई उदृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन्। सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो।
गोर्बाचेभको शवलाई मस्कोको केन्द्रीय नोभोडेभिची कब्रिस्तानमा गाडिने गोर्बाचेभ फाउन्डेसनका प्रेस सचिव भ्लादिमिर पोल्याकोभलाई उद्धृत गर्दै तास समाचार समाचार संस्थाले जनाएको छ ।
१६औँ शताब्दीमा स्थापना भएको उक्त चिहानमा दर्जनौं उच्च पदस्थ राजनीतिज्ञ, कवि, राजपरिवार र बुद्धिजीवीहरूलाई गाडिएको छ । गोर्बाचेभका तत्कालीन राजनीतिक प्रतिस्प्रर्धी तथा रुसी प्रथम राष्ट्रपति बोरिस यल्सिनको शव गाडिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment