भरुवा बन्दुकसहित २७ वर्षिय युवक पक्राउ

डिसी नेपाल
१६ भदौ २०७९ १०:४५
68
Shares

लमजुङ। लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने बर्ष २७ का यमबहादुर राना मगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *