१.०८ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ३८ करोडको कारोबार

डिसी नेपाल
१६ भदौ २०७९ १५:२४

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से १.०८ अंकले घटेर १ हजार ९७२.२९ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनीको भएको छ। यसको आज १२ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ६ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स र अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन र गणपति लघुवित्तका लगानीकर्ताले अधिक्तम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *