घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री रजाककी पत्नी दोषी ठहर

डिसी नेपाल
१६ भदौ २०७९ १५:३०
244
Shares

क्वालालम्पुर। घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमती दोषी ठहर भएकी छन्। आर्थिक अनियमितताको आरोपमा बिहीबार उच्च न्यायालयका न्यायाधीशले ती अभियोगमा पूर्व प्रथम महिला रोजमाह मन्सुरलाई दोषी ठहर गरेको हो।

मन्सुरलेसारावाकमा रहेको सौर्य ऊर्जा परियोजनासँग जोडिएको कुल १९४ मिलियन रिङिगट दुरुपयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको हो। यसअघि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी थिइन्।

उनका पति नजिबले भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय भोग्न थालेको केही दिनपछि यो फैसला आएको हो। अभियोगमा २० वर्ष जेल सजाय र घुस रकमको पाँच गुणासम्म जरिवाना हुन्छ।

७० वर्षीय मन्सुर विलासिताका सामान र गहनाप्रतिको आशक्तिका लागि परिचित छन्। सन् २०१८ मा प्रहरीले छापा मार्दा १ दशमलब ६ मिलियन डलर बराबरको सुन, हिराको हार, ताज र व्याग फेला पारेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *