शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१७ भदौ २०७९ ८:५१

काठमाडौँ। शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ र बिक्री दर १२७ रुपैयाँ ६० पैसा कायम गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५९ पैसा र बिक्री दर ८७ रुपैयाँ छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८१ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ १२ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७९ पैसा र बिक्री दर ३३ रुपैयाँ ९५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *