सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वित्तीय विवरण पेस गर्न नेप्सेको निर्देशन

डिसी नेपाल
१७ भदौ २०७९ १०:४९

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस गर्न निर्देशन दिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले व्यवस्था गरेबमोजिम सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वित्तीय विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

तोकिएको समयमा सूचीकृत कम्पनीहरुले वित्तीय विवरण पेस नगरेको खण्डमा नेप्सले नियमानुसार कारवाहि गर्ने चेतावनी समेत दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *