स्कुल कलेजका विद्यार्थी लक्षित चेकिङ, ८८ जना विद्यार्थी चालकमाथि कारवाही

डिसी नेपाल
१७ भदौ २०७९ १२:४८
428
Shares

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज ८८ जना विद्यार्थी चालकलाई कारवाही गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २१ जना र तीव्र गतिमा जिगज्याग तवरले सवारी साधन चलाउने चार जना विद्यार्थी चालकहरु कारवाहीमा परेका हुन् ।

नम्बर प्लेट दुरूस्त नभएको सवारी साधन चलाउने चार जना, मोटरसाइकलमा तीन जना राखी चलाउने दुई जना र हेल्मेट नलगाएका एक जना चालकलाई पनि आजै कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।

साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ६७९ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *