अरुण काबेलीले सतप्रतिशत हकप्रद सेयर निष्कासनको माग्याे अनुमति

डिसी नेपाल
१७ भदौ २०७९ १४:१९

काठमाडौँ। अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। अरुणले १ः१ अनुपातमा एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ।

कम्पनीले हाल कायम एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच रुपैयाँ चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो। यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्ने भएको छ।

यसअघि १० भदौमा अरुण काबेलीलाई विद्युत नियमन आयोगले पनि सयप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। आयोगले अरुणलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *