पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलंका फर्किए, अब कहाँ बस्छन् ?
काठमाडौं । श्रीलंकामा हिंसात्मक प्रदर्शनपछि देश छाडेका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे अहिले स्वदेश फर्किएका छन् । गोटाबाया राजापाक्षे पहिले सिंगापुरमा अस्थायी भिसा लिएर बस्दै आएका थिए र त्यसपछि थाइल्याण्ड गएका थिए ।
श्रीलंकाका केही मन्त्रीहरूले पनि उनलाई विमानस्थलमा भेटेको बताइएको छ ।
यस वर्षको जुलाईमा श्रीलंकामा कमजोर आर्थिक अवस्था र बढ्दो महंगीलाई लिएर कडा विरोध प्रदर्शन भएको थियो। श्रीलंकामा पेट्रोल र खाद्यवस्तुको अभाव थियो र सामानको मूल्य अत्याधिक बढेको थियो।
जनताले देशको यस्तो अवस्थाका लागि गोटबाया सरकारलाई जिम्मेवार भन्दै गत अप्रिलदेखि विरोध गर्दै आएका थिए ।
विरोध प्रदर्शन यति उग्र बनेको थियो कि गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीहरू राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका थिए। उनीहरुले प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेका थिए ।
यसपछि गोताबाया राजापाक्षे सैन्य विमानबाट देश छाडेर माल्दिभ्स गए र त्यसपछि सिंगापुर पुगे । त्यहीँबाट उनले राजीनामा पठाएका हुन् । उनी पछि रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपति बने ।
गोटाबाया राजपाक्षेको फिर्ताले फेरि विवाद सिर्जना गर्न सक्छ जबकि वर्तमान सरकार थप विरोध चाहँदैन।
प्रदर्शनकारीहरूका प्रमुख नेता फादर जीवन्था पेरिसले बीबीसीलाई भने: “हामी राजापाक्षेको आगमनको विरोध गर्दैनौं। कुनै पनि श्रीलंकाली नागरिक स्वदेश फर्कन सक्छन्। उनको सरकारको भ्रष्टाचारको आरोपमा जनता सडकमा उत्रिए । उहाँहरुसँग हाम्रो व्यक्तिगत शत्रुता छैन ।
अन्य प्रदर्शनकारीहरूले भने कि उनीहरूले राजपाक्षेको राजनीति वा सरकारमा पुन: सामेल हुने प्रयासको विरोध गर्नेछन्।
श्रीलंकाली सञ्चारमाध्यमका अनुसार सरकारले गोटाबाया राजपाक्षेलाई मध्य कोलम्बोको एउटा घरमा राख्न सक्छ, तर उनी सिधै घर जाने वा पहिले सुरक्षित सैन्य आधारमा जाने भन्ने स्पष्ट छैन।
रक्षा मन्त्रालयका प्रवक्ताले बीबीसीलाई भने कि गोटाबाया राजापाक्षेलाई पूर्व राष्ट्रपतिको रूपमा सुरक्षा दिइनेछ।







डिसी नेपाल







Facebook Comment