उपराष्ट्रपतिलाई गोली हान्न लाग्दा बन्दुक जाम भएपछि…
काठमाडौं । आर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नरको हत्या गर्ने प्रयास असफल भएको छ। भिडमा उनीनजिकै पुगेर गोली प्रहार गर्न लागेका एक व्यक्ति पक्राउ परेका छन्। टाउकोतिर ताकेर गोली प्रहार गर्न लागिएको भए पनि सन्दिग्ध आक्रमणकारीको बन्दुक जाम भएपछि उनी जोगिइन्।
भ्रष्टाचारको मुद्दामा परेकी उपराष्ट्रपति क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नर पहिला देशकी राष्ट्रपति थिइन्। उनी आफ्ना समर्थकहरूलाई अभिवादन गर्न आफ्नो निवासबाहिर निस्किएको बेला उक्त घटना भएको हो। पक्राउ परेका ३५ वर्षीय व्यक्ति ब्रजिलका नागरिक भएको बताइएको छ। उनले बोकेको ह्यान्डगनमा पाँचवटा गोली थिए।
फेर्नान्डिस डे कीर्च्नर वामपन्थी नेत्री हुन्। उनी सन् २००७ देखि २०१५ सम्म देशकी राष्ट्रपति थिइन्। त्यसअघि उनका पति राष्ट्रपति हुँदा उनी चार वर्ष देशकी ‘प्रथम महिला’ थिइन्। प्रहरीले उनीमाथि किन आक्रमण गर्न लागिएको थियो भनेर अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment