घरको जग्गाबाट एक्कासी सुनका सिक्का निस्कन थाले, व्यक्ति बने करोडपति
काठमाडौं । एक जोडी आफ्नो पुरानो घरको मर्मतसम्भारमा व्यस्त थिए । त्यही क्रममा उनीहरूले भान्साको भुइँ मुनिबाट खजाना भेट्टाए। भुइँ उत्खनन गर्दा उनीहरूले १८ औं शताब्दीका २६४ वटा सुनका सिक्का फेला पारे जसको मूल्य ३ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको थियो ।
चाखलाग्दो कुरा के छ भने यो जोडी विगत १० वर्षदेखि यस घरमा बस्दै आएका थिए तर उनीहरुलाई यो खजानाको बारेमा कुनै जानकारी थिएन । तर सन् २०१९ को जुलाईमा मर्मतको क्रममा उनीहरूले भान्साको भुइँबाट सुनका सिक्का फेला पारे।
उनीहरूले यी सिक्काको बारेमा जान्नको लागि लन्डनस्थित एक लिलामी कम्पनीलाई तुरुन्तै सम्पर्क गरे, जसले दम्पतीलाई यी सिक्का धेरै पुरानो र पुरातात्विक भएको बताए। केही सिक्का ४०० वर्ष भन्दा पुराना थिए।
भर्खरै सबै २६४ सिक्का लिलामीका लागि राखिएको थियो जहाँ यसको मूल्य ३ करोड ७० लाख रुपैयाँ (अढाइ लाख पाउण्ड) अनुमान गरिएको थियो । सुनको सिक्काको यति ठूलो मूल्य थाहा पाएर दम्पती छक्क परे, किनभने उनीहरू एकै झट्कामा करोडपति बनेका थिए ।
लिलामीकर्ता ग्रेगरी एडमन्डले यो निकै महत्वपूर्ण खोज भएको बताए । धेरै सिक्का असाधारण दुर्लभ छन्। यी सिक्का पुरातत्व विभागका लागि निकै महत्वपूर्ण छन् ।
द सनका अनुसार करोडपति बनेको दम्पती बेलायतको योर्कशायरको एलर्बी गाउँका हुन्। तिनीहरूले भान्साको भुइँको मर्मत गर्दै थिए। त्यसपछि उनीहरूले जमिनबाट एउटा बाकस फेला पारे। यस बक्समा सुनका सिक्का थिए। पछि धेरै बक्सहरू भेटिए र तीबाट पनि सुनका सिक्का निस्किए। कुल २६४ सिक्का फेला पर्यो।
सुरुमा उनीहरुलाई थाहा थिएन कि यी सिक्काहरु यति महँगो हुनेछन्, तर हालै जब उनीहरु ३ करोड भन्दा बढीमा लिलामीमा परे, तब दम्पती छक्क परे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment