घरमै बनाएको विमानमा उडान भर्दै गर्दा पाइलट र यात्रुको मृत्यु !

डिसी नेपाल
१८ भदौ २०७९ १५:०३
2.1k
Shares

काठमाडौं । बाबुको मृत्युपछि अस्थि विसर्जन गर्न गएका छोराको पनि मृत्यु भएको छ । छोरा विमान भाडामा लिएर अस्थि विसर्जन गर्न गएका थिए । तर विमान दुर्घटनाको सिकार भयो । उक्त दुर्घटनामा पाइलटसँगै उनको पनि ज्यान गएको थियो । मामला अमेरिकाको हो। अधिकारीहरूले विमानलाई ‘होम मेड’ भनेर वर्णन गर्दै अनुसन्धानको आदेश दिएका छन्।

डेली मेलका अनुसार ५८ वर्षीय ली सेमेन्स्कीका बुबाको हालै निधन भएको छ । उनले आफ्नो बुबाको अस्थि विसर्जन गर्न विमान भाडामा लिए। यो विमान पानी र हावामा चल्न सक्छ। तर दुर्भाग्य विमान दुर्घटनाको सिकार भयो ।

जसका कारण सेमेन्स्की र ६१ वर्षीय पाइलट जोन्सनको ज्यान गएको थियो । दुर्घटना हुनु अघि, सेमेन्स्कीले आफ्नो बुबाको अस्थिलाई विसर्जन गरेका थिए। फर्कने क्रममा विमान दुर्घटना भएको थियो । घटना गत आइतबार भएको हो । तर अहिले विमानको डिजाइनमा प्रश्न उठिरहेको छ । यसलाई ‘होममेड’ विमान भनिएको छ ।

वास्तवमा विमान गन्तव्यमा नपुगेपछि र पाइलटसँग सम्पर्क हुन नसकेपछि उड्डयन विभागले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले अनुसन्धान सुरु गर्दा विमान अवतरण गर्नुअघि नै दुर्घटना भएको पत्ता लागेको थियो । जसमा पाइलट सहित एक यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

अब अनुसन्धान अधिकारीहरूले विमानलाई ‘होम मेड’ भनेर वर्णन गरेका छन् र संघीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको बताएका छन्। तर, दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । यस्तै, उड्डयन विभागले पाइलट जोनसन निकै अनुभवी भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *